Mero Chitwan
ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा एकजनाको मृत्यु

मकवानपुर : ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा–९, लामसुरेमा सोमबार ग्यास गिजर प्रयोग गरेर नुहाउने क्रममा २१ वर्षीय युनेश काफ्लेको मृत्यु भएको हो ।

सोमबार दिउँसो १२ बजेको समयमा घरकै बाथरुममा ग्यास गिजर प्रयोग गरी तातो पानीले नुहाउने क्रममा लामो समय बाथरुमबाट युनेश ननिस्किएपछि परिवारका सदस्यले बाथरुमको ढोका फुटाएका थिए । हेटौँडा–९, का वडा अध्यक्ष सुकराम केसीका अनुसार अचेत अवस्थामा बाथरुममा भेटिएका युनेशलाई हेटौँडा–१ स्थित मकवानपुर सामुदायिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् ।

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update