बेलायतले वैदेशिक सहायता बजेट कटौती गर्ने, नेपालमा समेत प्रभाव पर्ने सम्भावना
मंगलबार, फागुन १३, २०८१

महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन
मंगलबार, फागुन १३, २०८१
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । दर्शनार्थी एवं भक्तजनका सवारी साधनहरूको पार्किङ तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुह्यश्वरीपारि करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकरहरू पार्किङ हुनेछन् ।

केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने
मंगलबार, फागुन १३, २०८१
त्रिवि शिक्षाध्यक्षको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन बाध्य नेपाली विद्यार्थी क्रेडिट ट्रान्सफर नीति अनुसार विश्वविद्यालयमा सञ्चालित कार्यक्रम वा विषयमा भर्ना हुन सक्ने जनाएको हो ।

पश्चिम नवलपरासीको बेलासपुरमा अन्तरजातीय प्रेमको विषयमा झडप, ५ प्रहरीसहित १५ घाइते
मंगलबार, फागुन १३, २०८१
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच विवाद हुँदा आज दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुँदा ५ जना प्रहरीसहित १५ जना घाइते भएका छन् ।

महाशिवरात्रि : मठमन्दिरको सजावट र सरसफाइमा एक करोडभन्दा बढी खर्च
सोमबार, फागुन १२, २०८१
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले १ करोड ५० लाख रुपैयाँ खर्च छुट्याएको छ । साधु सन्तको बसोवास/भोजन, दर्शनार्थीलाई सहज रूपमा आवतजावत, पाशुपत क्षेत्रमा रङरोगन तथा फूल र बत्ती र शृङ्गारमा खर्च गरिने कोषले जनाएको छ ।

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री राणा
सोमबार, फागुन १२, २०८१
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताएकी हुन् ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि स्थगन
सोमबार, फागुन १२, २०८१
पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि स्थगन गरिने भएको छ । केबलकारको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले विज्ञप्ति जारी गरी केबलकार निर्माण हाललाई स्थगन गरिएको जनाएको हो ।

चितवनमा साँझको समयमा बढी दुर्घटना
आइतबार, फागुन ११, २०८१
चितवनमा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१-८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : अपराजित रहँदै नेपाल फाइनलमा
आइतबार, फागुन ११, २०८१
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच भएको खेल बराबरीमा सकिएको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेका दुवै टोलीले आज लिगको अन्तिम खेल खेलेका थिए ।

भैरव वाङमय स्मृति पुरस्कार चितवनका साहित्यकार दाहाललाई
शनिबार, फागुन १०, २०८१
आज एक समारोहका बीच चितवन साहित्य सङ्गमका अध्यक्ष प्रकाश चापागाईं, कार्यक्रमका सभापति रवीन्द्र पौडेल, प्रतिष्ठानका अध्यक्ष प्रा. कपिल अज्ञात र बाबुराम पाण्डेले संयुक्त रूपमा ‘मुमूर्षा’ कृतिका स्रष्टा दाहाललाई प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने-आवश्यकता अनुसार प्रदेश घटबढ हुनसक्छ
शनिबार, फागुन १०, २०८१
आज श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने बताए ।

भारतीय विदेश मन्त्रालयले भन्यो-नेपाली विद्यार्थी फर्काउन पहल भइरहेको छ
शुक्रबार, फागुन ९, २०८१
ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।