Mero Chitwan
बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ
बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । 
एसीसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने
एसीसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । 
सुप्रिम सहकारीमा अनियमितता : जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
सुप्रिम सहकारीमा अनियमितता : जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।
रत्ननगरबासीलाई क्यान्सर उपचारमा थप २५ हजार सहुलियत
रत्ननगरबासीलाई क्यान्सर उपचारमा थप २५ हजार सहुलियत चितवनको रत्ननगर नगरपालिकाका बासिन्दाले क्यान्सर उपचारमा थप सहुलियत पाउने भएका छन् ।
मकैबारीमा युवकमाथि छुरा प्रहार, घटनास्थलमै मृत्यु
मकैबारीमा युवकमाथि छुरा प्रहार, घटनास्थलमै मृत्यु शनिबार साँझ तीन जनाले छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो।
आज पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना
आज पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।
विधेयक अलपत्र पारेर आजदेखि हिउँदे अधिवेशन अन्त्य हुँदै
विधेयक अलपत्र पारेर आजदेखि हिउँदे अधिवेशन अन्त्य हुँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरिरहेका बेला सरकारले गत शुक्रबार अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको थियो ।
अर्को युद्धको खतरा : इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण
अर्को युद्धको खतरा : इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले खास लक्ष्यलाई निशाना बनाउने उद्धेश्यले आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाका अनुसार १ सयभन्दा बढी ड्रोनबाट इरानले आक्रमण गरेको हो । त्यसमध्ये केही ड्रोन अमेरिकाले खसालेको छ । 
सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु
सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु चितवनमा शनिबारदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 
Weather Update