Mero Chitwan
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान

काठमाडौं- सरकारले आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान सन्चालन गर्दै छ । यो अभियान चैत ७ गतेसम्म जारी रहनेछ ।

काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ । यसबाहेक सरकारले बेलाबेलामा बालबालिकाका लागि विभिन्न प्रकारका खोप अभियान पनि सञ्चालन गर्दै आएको छ । 

स्वास्थ्य मन्त्रालयले खोप निःशुल्क पाइने र खोप पूर्णसुरक्षित रहेको जनाएको छ । नेपालमा सन् २०१९ मै दादुरा नियन्त्रणमा आएको थियो । २०२३ मा निवारण गर्ने लक्ष्य लिए पनि प्रकोपका रुपमा फैलिएकाले खोप अभियानलाई तीव्र बनाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update