मेरो चितवन
चिसोले कठ्यांग्रिएर मंगोलियामा २० लाखभन्दा बढी पशु मरे

एजेन्सी-मङ्गोलियामा यस  वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशु मरेका छन् । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर 'दिजुद'  चिसोका कारण  कम्तिमा  २० लाख २ हजार पशुको निधन भएको छ । 

"दिजुज" मङ्गोलियन शब्द हो जुन कडा चिसो जाडो बुझाउन प्रयोग गरिन्छ ।  जमिन चिसोले जमेको वा हिउँले ढाकिएका कारण यहाँ लाखौ पशुपक्षी मरेका छन् । देशको मौसम अनुगमन एजेन्सीका अनुसार हालसम्म देशको ८० प्रतिशतभन्दा बढी भूभाग हिउँले ढाकेको छ ।

संसारमा अन्तिम जीवित घुमन्ते देश  (नोमाडिक)  देशको रूपमा चिनिने मङ्गोलियाले हालै कडा जाडो र पशुधनको क्षतिको कारण उच्च सतर्कता अपनाएको छ। भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार  सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या ६४.७ मिलियन थियो।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०