Mero Chitwan
इतिहासमा आज : मुहम्मद अलि विश्व हेभिवेट च्याम्पियन

काठमाडौं–आज फेब्रुअरी २५ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ? 

२०१५ : उत्तरपूर्वी अफगानिस्तानमा गएको हिमपहिरोमा परी ३ सय १० जनाको मृत्यु । 

१९९९ : बंगलादेशको ढाकामा सैनिक विद्रोह भएपछि दबाउन गरिएको कारबाहीमा ७४ जनाको मृत्यु भएको थियो, जसमा ५७ जना सैनिक थिए । 

१९८६ : आमनिर्वाचनमा विजयी भएको घोषणा गरेका फिलिपिन्सका राष्ट्रपति फर्निनान्ड मार्कोस अपदस्थ । अमेरिकाको दबाबपछि उनी अमेरिकाको हवाइमा निर्वासित भएका थिए । उनीपछि कोराजिन अक्विनो राष्ट्रपति भएकी थिइन् ।

१९६४ : अमेरिकी बक्सर मुहम्मद अलि २२ वर्षको उमेरमा सोन्नी लिस्टनलाई पराजित गर्दै वल्र्ड हेभिवेट च्याम्पियन भए । वास्तविक नाम क्यासियस क्ले भएका उनले पछि मुस्लिम नाम राखेका थिए । 

१९४८ : चेकोस्लोभाकिया कम्युनिष्ट पार्टीको नियन्त्रणमा । 

१९४३ : बेलायतका चर्चित संगीतकार एवं बिटल्स समूहका लिड गिटारिस्ट जर्ज ह्यारिसनको जन्म । 
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update