Mero Chitwan
सरकारको निर्णय : सुन्तलालाई राष्ट्रिय फल घोषणा, संसद् बैठक २ वैशाखदेखि अन्त्य
सरकारको निर्णय : सुन्तलालाई राष्ट्रिय फल घोषणा, संसद् बैठक २ वैशाखदेखि अन्त्य सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
डोल्पाको डढेलोमा घाइते बालकको मृत्यु
डोल्पाको डढेलोमा घाइते बालकको मृत्यु जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।  बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
एसीसी प्रिमियर कप आजदेखि, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने
एसीसी प्रिमियर कप आजदेखि, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने आजदेखि एसीसी प्रिमियर कप शुरु हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताका विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
अमेरिकी डलर ठगी मुद्दामा भियतनामी अर्बपतिलाई मृत्युदण्ड
अमेरिकी डलर ठगी मुद्दामा भियतनामी अर्बपतिलाई मृत्युदण्ड भियतनामकी अर्बपति एवं रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ । 
वैशाख १ देखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला हुने
वैशाख १ देखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला हुने गृह मन्त्रालयको सुझावअनुसार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त रुपमा मापदण्ड बनाएर सुरक्षा व्यवस्था र समाजलाई असर नपर्ने गरी चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न लागेका हुन् ।
अन्तरप्रदेश खेलकुद : महिला भलिबलमा लुम्बिनी र कर्णाली सेमिफाइनलमा
अन्तरप्रदेश खेलकुद : महिला भलिबलमा लुम्बिनी र कर्णाली सेमिफाइनलमा लुम्बिनी र कर्णाली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो ।
दुग्ध किसानले ४८ करोड पाउन बाँकी, भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी
दुग्ध किसानले ४८ करोड पाउन बाँकी, भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ ।
मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, चितवनका किसानबाट पनि दूध संकलन गरिने
मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, चितवनका किसानबाट पनि दूध संकलन गरिने बागमती प्रदेश सरकारकोे ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएपछि केही दिनअघिदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । 
ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् । 
किन जाँदैछन् केपी ओली ओलाङचुङगोला ?
किन जाँदैछन् केपी ओली ओलाङचुङगोला ? नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैछन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू त्यहाँ जान लागेको उल्लेख गरेका हुन् ।
Weather Update