Mero Chitwan
प्रसूति गृहबाट शिशु चोरी भएको उजुरीपछि प्रहरीद्वारा अनुसन्धान तीब्र

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट नवजात शिशु (बालिका) चोरी भएको उजुरीपछि प्रहरीले उजुरी तीब्र पारेको छ । 

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखिक सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  

उनले यस विषयमा अनुसन्धान भइरहेको बताए । खोजीकार्यका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा समेत मास्क लगाएकी महिलाले शिशु लिएर हिंड्दै गरेको देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update