Mero Chitwan
नारायणी किनारमा ‘मर्निङवाक’ गरिरहेका व्यक्तिलाई बाघले गर्‍यो आक्रमण
नारायणी किनारमा ‘मर्निङवाक’ गरिरहेका व्यक्तिलाई बाघले गर्‍यो आक्रमण आज बिहान करिब ५ः२० बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
देशभर २५ जनामा हैजा पुष्टि
देशभर २५ जनामा हैजा पुष्टि महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हालसम्म २५ जनामा हैजा पुष्टि भएको बताए । उनका अनुसार ललितपुरमा १६, काठमाडौँमा एक र कैलालीमा आठजना हैजाका बिरामी फेला परेका छन् ।
काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितिन् । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन् । 
चिरञ्जीवी दाहालको उपन्यास 'ग्रीष्मजा' भित्रको परिक्रमा
चिरञ्जीवी दाहालको उपन्यास 'ग्रीष्मजा' भित्रको परिक्रमा   संसार अपरम्पार छ, यहाँ अनेक घट्ना घटिरहेका हुन्छन् । केही सामान्य घट्ना हुन्छ । केही जटिल प्रकृतिका । यहाँको घट्ना पनि त्यति सामान्य प्रकृतिको छैन । यसले उपन्यासमा निकै कौतुहलता प्रदान गरेको छ । यसपछि के होला ? भन्ने जिज्ञासा पटक पटक उठिरहन्छ ।
दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, तीन जनाको सकुशल उद्धार
दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, तीन जनाको सकुशल उद्धार दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । दाङको बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका ५५ वर्षकी सीता आले र सुर्खेत घर भइ हाल तुलसीपुर-४ खाद्रेमै बस्ने अन्दाजी १७ वर्षीय मन्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 
यी हुन् एकीकृत समाजवादीका ३४४ केन्द्रीय सदस्य [नामसहित]
यी हुन् एकीकृत समाजवादीका ३४४ केन्द्रीय सदस्य [नामसहित] नेकपा एकीकृत समाजवादीले ३४४ जनाको केन्द्रीय कमिटीको नाम घोषणा गरेको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको कार्यदलले केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको हो ।
चितवनमा बढ्यो धान खेतीको क्षेत्रफल
चितवनमा बढ्यो धान खेतीको क्षेत्रफल चितवनमा वर्षे धान खेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गतवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष हाल सम्म २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।
संक्रमणकालीन न्याय : यी हुन् कार्यदलमा सहमति जुटेका विषय
संक्रमणकालीन न्याय : यी हुन् कार्यदलमा सहमति जुटेका विषय नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।
काठमाडौँको ढल्कुमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु, छ घाइते
काठमाडौँको ढल्कुमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु, छ घाइते झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र...
भरतपुरको पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा  एक सैनिकको मृत्यु
भरतपुरको पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक सैनिकको मृत्यु रतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय  सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो
Weather Update