Mero Chitwan
 कलंकीबाट हराएकी चितवनकी युवती पशुपति क्षेत्रमा भेटिइन्, कारण अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ-आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज बुधबार पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । स्नेहा हराउनुका कारण पत्ता लागिनसकेको र अनुसन्धान जारी रहेको उनले बताए । 

'अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ', प्रवक्ता अधिकारीले भने । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

sneha-1715187284.JPG
तस्बिर स्रोत-सामाजिक सञ्जाल

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update