Mero Chitwan
कोशीमा नयाँ सरकार गठनको आह्वान, वैशाख २८ भित्र दाबी पेश गर्नुपर्ने

काठमाडौं–कोशीमा नयाँ सरकार गठनको आह्वान भएको छ । 

कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बुधबार राति सूचना प्रकाशित गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको जनाएका हुन् । 

मु्ख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्राप्त भएको र वैशाख १० गते संकल्प प्रस्ताव बहुमतले पारित भएको अवस्थामा तीस दिनभित्र विश्वासको मतको प्रस्ताव दर्ता हुन नआएकाले सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

koshi-1715188313.jpg


 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update