Mero Chitwan
कोशीका मुख्यमन्त्री कार्कीले लिए सपथ, २ मन्त्रीसमेत नियुक्त

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीलाई समेत नेपालको संविधानको धारा १६८ को उपधारा (९)  बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराएकाे प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update