Mero Chitwan
भरतपुरमा इनारमा भेटियो पुरुषको शव

चितवन-चितवनको भरतपुर महानगरपालिका १० स्थित सैनिक ब्यारेकसंगै जोडिएको घरको इनारमा आज एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ३५ बर्षका पुरुषको शव सरदराज बिष्ट र कमलराज बिष्टको घरको इनारमा फेला परेको हो । पानी गन्हाउन थालेपछि उक्त घरमा भाडामा बस्दै आएकाहरुले बिहान १० बजे हेर्दा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र नेपाल आर्मीको टोलीले  निकालेको उक्त  शव भरतपुर अस्पतालमा राखिएको छ । शवको पहिचान भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बैशाख २४ गते राति ११ बजे उक्त घरमा रहेको सोना सोनाम फेमेली दोहोरी साँझ साँझबाट बाहिर निस्केका पुरुषको शब इनारमा भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  प्रहरीले सिसीटिभी फुटेज संंकलन गरिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । 

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update