Mero Chitwan
पारस खड्काले दिए आफ्नो चरित्रहत्या गर्नेमाथि कानुनी कारबाहीको चेतावनी

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) का सचिव पछिल्लो केही समययता सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आफूमाथि आरोप लगाउने काम भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले आज सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै चरित्र हत्या गर्ने उद्धेश्यले आफूमाथि भइरहेका षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने जनाएका हुन् । 
नेपालको कानुनले कसैलाई पनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट नदिएको उल्लेख गर्दै उनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला रहेको स्मरणसमेत गराएका छन् । 

उनले भनेका छन् नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ। यो सबैका बीचसमेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्रहत्या गर्ने हेतुले ममाथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।

Messenger_creation_92c50fd2-3031-4840-8c99-84e1ae7104a1-1715178523.jpeg

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update