Mero Chitwan
बालमन्दिर जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं: बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट  पक्राउ पुर्जी लिएको हो । वैद्य करीब २७ वर्ष बाल संगठनको अध्यक्ष थिइन्।

 जाहेरी दर्तासँगै आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको सी आइबीले जनाएको छ । 

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

बालसंगठनले समग्र जग्गा अनियमितताबारे अनुसन्धानको लागि जाहेरी दिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update