आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफ्ताब आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको छ ।
शुक्रबार उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले बताए । अस्पताल पुर्याउँदा बोली लरबरिएको र दाहिने भाग कमजोर अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए । जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ २२:०८
प्रतिक्रिया दिनुहोस्