चीनको पाँच दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता
बुधबार, भदौ १८, २०८२
चीनको एससीओ सम्मेलनमा प्रधानमन्त्रीले भने-क्षेत्रीय सहयोगविना शान्ति र समृद्धि सम्भव छैन
सोमबार, भदौ १६, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै प्रधानमन्त्रीले क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव नभएको बताएका छन् ।
अफगानिस्तानमा गएको भूकम्पमा ८ सयभन्दा बढीको मृत्यु
सोमबार, भदौ १६, २०८२
अफगानिस्तानमा गएराति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी ८ सय भन्दा बढीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएकाे छ । भूकम्पमा परि ८ सय १२ जनाको मृत्यु भएको तालिबान सरकारकाे प्रवक्ताले जनाएको अलजजीराले उल्लेख गरेकाे छ। यस्तै भूकम्पमा परि तीन हजारभन्दा बढी घाइते भएका छन् ।
गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता
आइतबार, भदौ १५, २०८२
नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्। आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा
आइतबार, भदौ १५, २०८२
उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए।
एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग
आइतबार, भदौ १५, २०८२
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग गरेको छ ।
चीनमा ओली-मोदी भेट नहुने
शनिबार, भदौ १४, २०८२
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।
हरपल मृत्युको छायाँबीच कसरी काम गरिरहेका छन् गाजाका पत्रकार ?
शनिबार, भदौ १४, २०८२
काम गर्नका लागि उनीहरूलाई २४ घण्टा बिजुली र इन्टरनेट चाहिन्छ, तर गाजामा बिजुली काटिएको छ। त्यसैले उनीहरू अस्पताल नजिकै बस्छन्, जहाँ जेनेरेटरमार्फत् फोन र अन्य उपकरण चार्ज गर्न सकिनेमात्र बिजुली पाइन्छ ।
गाउँको फुटबल एकेडेमीले बदलेको बंगलादेशी महिलाको जीवन
शनिबार, भदौ १४, २०८२
करीब १७ करोड ४० लाख जनसंख्या भएको बंगलादेशले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा प्रायः राम्रो प्रदर्शन गर्न सकेको छैन । तर अहिले यो देश महिलाको फुटबलमा चमत्कारजस्तै गर्न थालेको छ । जुलाई महिनामा, सिनियर टिम पहिलो पटक २०२६ एसियाली कपका लागि क्वालिफाइ भयो भने यसै महिनामा, अण्डर–२० टिमले पनि पहिलो पटक महादेशीय...
भारतलाई एक खेल अगावै साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि
शुक्रबार, भदौ १३, २०८२
आजै भएको दिनको पहिलो खेलमा घरेलु टोली भुटान र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि भारतले नेपाललाई पराजित गरेर च्याम्पियन बनेको हो । जारी प्रतियोगितमा नेपालको यो चौथो हार हो । पहिलो लेगमा नेपाल भारतसँग ७-० ले पराजित भएको थियो ।
साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु
बिहीबार, भदौ १२, २०८२
कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा खुटिया खोलामा डुबेर उनीहरूको मृत्यु भएको हो ।
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
बिहीबार, भदौ १२, २०८२
अविरल वर्षापछि देशका धेरै राजमार्ग र सडकहरुमा यातायात प्रभावित भएका छन् । पहिरोले देशको राजधानी जोड्ने पृथ्वी राजमार्ग ठप्प भएको छ भने वीपी राजमार्ग पनि अवरुद्ध छ ।


