Mero Chitwan
दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौँ- दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तरराष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई रु २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद् सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

 त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल सङ्घलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल सङ्घ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल सङ्घले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

    

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update