प्रचण्डलाई छाडे जनार्दन शर्मा र राम कार्कीले, प्रगतिशील अभियान सुरु
मंगलबार, कात्तिक १८, २०८२
‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ ।
जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट सहयोग पाइँन : केपी ओली
सोमबार, कात्तिक १७, २०८२
कान्तिपुर टेलिभिजनको सोमबारको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परतासमेत नदेखाएको बताएका हुन् ।
विदेशी मह आयात गर्न दिने सरकारको निर्णयप्रति मौरीपालक किसानहरुको विरोध
सोमबार, कात्तिक १७, २०८२
आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न आज चितवनका मौरीपालक किसानहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा
सोमबार, कात्तिक १७, २०८२
आजको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आइतबार, कात्तिक १६, २०८२
चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ज्ञानु राणाको पलेँटीमा धर्मराज थापाको झझल्को
आइतबार, कात्तिक १६, २०८२
गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा प्रसिद्ध कण्ठ शिल्पी ज्ञानु राणाको कार्यक्रम सम्पन्न भएको छ । झन्डै दुई घण्टासम्म चलेको सो कार्यक्रममा १६ वटा गीति रचनाहरू प्रस्तुत...
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा
शनिबार, कात्तिक १५, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्टा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय...
बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते
शनिबार, कात्तिक १५, २०८२
कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस आज दिउँसो दुर्घटना हुँदा बसमा सवार ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध
शनिबार, कात्तिक १५, २०८२
निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल-नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड आज साँझदेखि पूर्ण...
सरकार र आन्दोलनरत नर्सबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबारदेखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिने र सरकारले आन्दोलनका...
एकीकृत समाजवादीद्वारा माओवादी केन्द्रलगायत दलसँग एकता गर्ने निर्णय
शुक्रबार, कात्तिक १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ ।
मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर वर्षा, कहाँ कति भयो वर्षा ?
शुक्रबार, कात्तिक १४, २०८२
बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ ।
नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गमा अत्यावश्यक नभई यात्रा नगर्न प्रशासनको आग्रह
शुक्रबार, कात्तिक १४, २०८२
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा नारायणगढ-मुग्लिन सडकको तुइनखोला र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुसम्म हिजो साँझदेखि नै स-साना पहिरो खसिरहेको उल्लेख छ । वर्षा नरोकिएकाले पहिरोको जोखिम बढेको प्रशासनको...
कुन-कुन प्रमुख राजमार्ग अवरुद्ध छन् ?
शुक्रबार, कात्तिक १४, २०८२
बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।
टिकौलीमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते
शुक्रबार, कात्तिक १४, २०८२
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुई यात्रुबाहक बस र एउटा ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान
बिहीबार, कात्तिक १३, २०८२
चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने...
बिपी राजमार्गमा दुई दिन सवारी सञ्चालनमा रोक
बिहीबार, कात्तिक १३, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा भारी वर्षाको सम्भावना एवं बढीपहिराको उच्च जोखिम पूर्वानुमान गरेपछि बिपी राजमार्गमा आजदेखि दुई दिन सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
चितवनमा मौरी चरन क्षेत्र अभाव
बुधबार, कात्तिक १२, २०८२
जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् ।
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड
बुधबार, कात्तिक १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलो पटक त्रिपक्षीय बैठक आयोजना गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श...
बाघ गणना आगामी पुसमा
मंगलबार, कात्तिक ११, २०८२
बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस...