Mero Chitwan
एनपिएलको खेल तालिका सार्वजनिक,  २३ खेल फ्लडलाइटमा हुने

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर  १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका  खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । 

आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । 

प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । दिनमा  दुई वटा खेल हुँदा पहिलो खेल दिउँसो ११ः४५ र दोस्रो खेल ३ः३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका तीन  खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा  हुने तयारी रहेको क्यानले जनाएको छ ।

कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् । 

npl-1762792924.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update