Mero Chitwan
जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
मन्त्रिपरिषद् विस्तार, तीन मन्त्रीको शपथ
मन्त्रिपरिषद् विस्तार, तीन मन्त्रीको शपथ  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई आइतबार साँझ नियुक्त गरेका हुन् । 
आमनिर्वाचन सम्पन्न गराउन नेपाललाई सहयोग गर्न तयार रहेको अमेरिकी भनाइ
आमनिर्वाचन सम्पन्न गराउन नेपाललाई सहयोग गर्न तयार रहेको अमेरिकी भनाइ अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आमनिर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको बताएको छ । 
जेन-जी आन्दोलनमा मृत्यु भएकाहरू सहिद घोषित, मृतकका परिवारलाई १० लाख दिइने
जेन-जी आन्दोलनमा मृत्यु भएकाहरू सहिद घोषित, मृतकका परिवारलाई १० लाख दिइने सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेका हुन् । 
यस्तो छ प्रधानमन्त्रीको नयाँ कार्यालय 
यस्तो छ प्रधानमन्त्रीको नयाँ कार्यालय  जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै
प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने-हाम्रो योगदान खेर नजाओस्
प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने-हाम्रो योगदान खेर नजाओस् प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । 
संसद् विघटन गरेकोमा माओवादीको असहमति
संसद् विघटन गरेकोमा माओवादीको असहमति राष्ट्रपति रामचन्द्र पौडेलले संसद् भंग गरी छ महिनाभित्र निर्वाचन सम्पन्न गराउने गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेकोमा माओवादी केन्द्रले असहमति जनाएको छ । 
नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की
नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो ।
नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी
नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।
देशका प्रमुख भवन तथा नेताका निवासमा तोडफोड र आगजनी, कहाँ-कहाँ भयो ?
देशका प्रमुख भवन तथा नेताका निवासमा तोडफोड र आगजनी, कहाँ-कहाँ भयो ? काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् ।
नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि परिचालन हुने
नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि परिचालन हुने सेनाले बिज्ञप्तिमार्फत् हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन आग्रह गरेको हो ।
जेन-जीको प्रदर्शनमा दमन : छानबिन समिति गठन गर्ने सरकारको निर्णय
जेन-जीको प्रदर्शनमा दमन : छानबिन समिति गठन गर्ने सरकारको निर्णय मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले छटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइने बताइएको छ ।
Weather Update