Mero Chitwan
गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा
गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।  १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक दमनको नैतिक जिम्मेवारी लिँदै मन्त्री लेखकले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन् । 
जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु, ३ सय ४७ जना घाइते
जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु, ३ सय ४७ जना घाइते काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा भइरहेको ‘जेन-जी’को भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ । बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो।
युवाहरुको भ्रष्टाचारविरोधी अभियानमा समर्थन बढ्दो, प्रहरीद्वारा निगरानी
युवाहरुको भ्रष्टाचारविरोधी अभियानमा समर्थन बढ्दो, प्रहरीद्वारा निगरानी सामाजिक सञ्जालमा केही दिनयता ट्रेन्डिङमा रहेको युवाहरूको भ्रष्टाचार विरोधी अभियानले थप गति लिएको छ । युवाहरुले सोमबार माइतीघर मण्डला र संसद् भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीले पनि निगरानी थालेको छ । 
भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह
भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ। 
एमाले विधान महाधिवेशन : ओली झन् बलियो
एमाले विधान महाधिवेशन : ओली झन् बलियो ३ दिनसम्म चलेको विधान महाधिवेशनले एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउँदै अध्यक्ष ओली तेस्रो कार्यकाल पनि नेतृत्व लिने बाटो खोलेको हो ।
रत्ननगरमा सवारी दुर्घटनामा बालिकाकाे मृत्यु
रत्ननगरमा सवारी दुर्घटनामा बालिकाकाे मृत्यु मिनीबसले ठक्कर दिँदा खैरहनी नगरपालिका ८ बस्ने ३ वर्षीया समिरा विककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ । 
जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एक महिनामा तीन जनाको मृत्यु
जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एक महिनामा तीन जनाको मृत्यु नवलपरासीपूर्वमा एक महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु भएको छ ।  गत साउन २० देखि हालसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 
एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव 
एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव  नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी दुई सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा तीन सय एक सदस्यीय कमिटीलाई घटाएर दुई सय ५१ कायम गरिएको छ ।
कुलिङ पिरियड हेरफेरमा दोषी खतिवडा संसदीय सुनुवाइ समितिमा पुरस्कृत
कुलिङ पिरियड हेरफेरमा दोषी खतिवडा संसदीय सुनुवाइ समितिमा पुरस्कृत सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले खतिवडालाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो । यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।
सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सूचीकरणमा नआएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम  गरिएको छ : गृहमन्त्री 
नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम  गरिएको छ : गृहमन्त्री  बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए ।
ज्येष्ठ नागरिकलाई  स्वास्थ्य सेवा लिन बिमाकै भर
ज्येष्ठ नागरिकलाई  स्वास्थ्य सेवा लिन बिमाकै भर सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत उपचार पाउँछन् । त्यसो त ज्येष्ठ नागरिकले बिमा शुल्कको प्रिमियम (साझेदारी) रकम बुझाउनुपर्दैन ।
Weather Update