दैलेखमा जिप दुर्घटना हुँदा १५ जना घाइते
वीरेन्द्रनगर-कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ दैलेखको आठबिस नगरपालिका-८ सेरावाडास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।
भे १ ज १०५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको दैलेख प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकामध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए । घाइतेहरुको दैलेख अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
गाडीमा चालकसहित १६ जना थिए । चालक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ २१:४६
प्रतिक्रिया दिनुहोस्

