ओलीसँगको भेटपछि पूर्वराष्ट्रपति भण्डारीले भनिन्-मेरो सदस्यता नवीकरण भइसकेको छ
आइतबार, साउन ४, २०८२
पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण ‘पेन्डिङ’मा
शनिबार, साउन ३, २०८२
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगन गरेको छ । शुक्रवार र शनिवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकले उनको सदस्यता पेन्डिङमा राख्ने निर्णय गरेको हो ।
पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेशको अध्यक्ष केपि औलीद्वारा कडा आलोचना
शुक्रबार, साउन २, २०८२
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए।
कुलिङ पिरियडको हेरफेरबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन
सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहेका छन् ।
१४ औं महाधिवेशन नियमित समयमै गर्न कांग्रेसमा नेतृत्वलाई दबाब
सोमबार, असार १६, २०८२
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नियमित समय २०८२ मंसिरमै गर्न नेतृत्वलाई दवाव परेको छ । नेता शेखर कोइरालाले नियमित समयमा नहुने हो भने त्यसको चित्तबुझ्दो कारण सभापति र पदाधिकारीले दिनुपर्ने माग गरेका छन् ।
माधव नेपालबारे सार्वजनिक रुपमा नबोल्न पार्टीका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
आइतबार, असार १५, २०८२
महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको भन्दै उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न ध्यानाकर्षण गराएका हुन् ।
सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणाले एमालेमा तरंग
शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । सात वर्ष राष्ट्रपति भएर बाहिरिएको दुई वर्षपछि भण्डारी एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएकी हुन् । मदन भण्डारीकोको ७४औँ जन्मजयन्त्रीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा...
भिजिट भिसा प्रकरणमा सरकारी छानबिन समिति रास्वपाद्वारा अस्वीकार
मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले यस्तो बताएका हुन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी
बिहीबार, जेठ २२, २०८२
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो
बुधबार, जेठ १४, २०८२
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता...
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
आइतबार, जेठ ११, २०८२
केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो। उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन्।
नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित
आइतबार, वैशाख २८, २०८२
वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिएका हुन् ।
रेशम चौधरी पक्राउ, जनमतसँगको एकीकरण स्थगित
बुधबार, वैशाख १७, २०८२
रेशम पक्राउपछि नागरिक उन्मुक्ति र जनमतबीच आज हुने भनिएको एकता स्थगित भएको छ । एकतालाई लिएर ठूला दलहरुले षड्यन्त्र गरिरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले यसअघि नै सामाजिक सञ्जालमा लेखेका थिए । उनले आफूलाई ज्यान मार्ने धम्की आएकोदेखि रेशम चौधरीलाई पक्राउ गर्न सक्नेसम्मका कुरा उल्लेख गरेका थिए ।


