Mero Chitwan
पार्टी जोगाउन कांग्रेसका ४७ जिल्ला सभापतिहरुको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका बहुमत प्रदेश सभापति र जिल्ला सभापतिहरूले पार्टीभित्र देखिएको समस्या वार्ता र संवादबाट समाधान गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्। शनिवार पाँच प्रदेश सभापति, दुई प्रदेश उपसभापति र ४७ जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य जारी गर्दै फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा पार्टी संकटमा परेको भन्दै एकताका लागि संवाद आवश्यक रहेको बताएका हुन्।

वक्तव्यमा महाधिवेशनको मागसहित हस्ताक्षर सङ्कलन भएको स्वीकार गरिए पनि सबै हस्ताक्षरकर्ताले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट गरिएको छ। केहीले नियमित महाधिवेशन हुन नसके मात्र विशेष महाधिवेशन चाहेको, केहीले विशेष महाधिवेशनको माग गरेको र केही तटस्थ रहेको उल्लेख छ।

१५ औँ महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा नियमित महाधिवेशनकै प्रक्रिया अघि बढेको र विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहमा मात्र रहेको उनीहरूको ठहर छ। उपयुक्त वातावरणसमेत नरहेकाले पार्टी विभाजनबाट जोगिन केन्द्रीय कार्यसमितिले वार्ता र संवादमार्फत एकताको प्रयास तीव्र पार्नुपर्ने वक्तव्यमा उल्लेख गरिएको छ।

1191-1768061327.jpg
 

1190-1768061327.jpg
 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update