कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक कोही दास नहुने बताएका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर हुने बताएका हुन्।
उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो। त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन।’
उनले कांग्रेसमा नबोल भनेर कसैले भन्दैगर्दा बोल्न छाड्ने कोही पनि पार्टीमा नभएको थापाको भनाइ छ ।
‘कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन । हामी सबै बराबर छौं,’ थापाले भने ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ २२:४४
प्रतिक्रिया दिनुहोस्


