ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।
मन्त्री घिसिङले आज राति प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा भएका कार्यबारे जानकारी दिनु भयो । प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद बैठकमा घिसिङसहित, जगदीश खरेल र बब्लु गुप्ताको राजीनामा गर्नु भएको थियो ।
मन्त्री घिसिङ उज्यालो नेपाल पार्टीका संरक्षक थिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकिकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ २२:१५
प्रतिक्रिया दिनुहोस्


