काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई अघि सार्ने सम्भावनामा छलफल अघि बढाएको खुलासा भएको छ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा रास्वपा नेता शिशिर खनालले यस्तो खुलासा गर्नुभएको हो । फायरसाइडमा खनालले भन्नुभयो,'राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रहेर प्रधानमन्त्रीकै रूपमा देशलाई निकास दिन सक्ने अन्य पात्रका बारेमा पनि सोच्नुपर्ने बाध्यतामा हामी छौं । त्यस अर्थमा कुलमानजी हाम्रा लागि स्वाभाविक पात्र हो। त्यसबाहेक काठमाडौंका मेयरसाब पनि अर्को पात्र हुन सक्नुहुन्छ।'
पार्टीमा सभापति लामिछानेकै नेतृत्व रहने र पार्टीको नाम, नीति र चुनाव चिन्ह साबिककै राखेर सहमति गर्ने प्रयासमा संवाद भइरहेको खनालको भनाइ छ।
सोमबार साँझ नै रास्वपा सभापति र बालेन्द्र शाहबीच भेटवार्ता भएको थियो ।


