नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनमा देखियो
मंगलबार, फागुन २०, २०८१

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष पनि उत्कृष्ट
शनिबार, फागुन ३, २०८१
यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।
भरतपुर अस्पतालले सञ्चालनमा ल्यायो बिरामीका लागि नि:शुल्क सटल बस, यस्तो छ रुट
बिहीबार, फागुन १, २०८१
भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि आजदेखि निःशुल्क सटल (छोटो दुरीमा चल्ने) बस सञ्चालन सुरु गरेको छ ।

सौराहामा प्रणय दिवसलक्षित फुड फेस्टिभल सुरु
मंगलबार, माघ २९, २०८१
महोत्सवको बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका हुन् । सो अबसरमा उनले सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाईमा पुर्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।

कृषिमन्त्रीसमक्ष केरा किसानका गुनासै-गुनासा
शुक्रबार, माघ २५, २०८१
शुक्रबार कालिका नगरपालिकामा आयोजित केरा उत्पादक संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको क्रममा किसानहरुले समयमा रासायनिक मल पाउन नसकेको गुनासो गरेका हुन् । रासायनिक मलसँगै कुखुराको मल पाउनसमेत समस्या देखिएको उनीहरुको भनाइ छ ।

सौराहामा माघ २९ गतेदेखि सुरु हुँदै फुड फेस्टिभल
मंगलबार, माघ २२, २०८१
चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिभल हुने भएको छ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ ।

गैंडा स्थानान्तरण : अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो
आइतबार, माघ २०, २०८१
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो ।

भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान
बुधबार, माघ १६, २०८१
उज्यालो शहर–भरतपुर’ अभियान अन्तर्गत पहिलो चरणमा राजमार्गमा एक हजार ८ सय ६५ वटा सडकबत्ती र ८ ठाउँमा हाइमास जडान गरी बत्ती बाल्ने काम सम्पन्न गरिएको भरतपुर महानगरले जनाएको छ ।

सकियो चितवन महोत्सव, ५ लाख सहभागी, ३० करोडको कारोबार
बिहीबार, माघ १०, २०८१
चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ मूल नारा दिएर पुस २५ बाट सुरु भएको महोत्सवको आज साँझ समापन गरिएको हो

नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव
शुक्रबार, माघ ४, २०८१
१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा
आइतबार, पुस २८, २०८१
पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

१५औँ चितवन महोत्सव सुरु, ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उद्योगमन्त्रीको आग्रह
बिहीबार, पुस २५, २०८१
महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

चितवन महोत्सवको उद्घाटन उद्योगमन्त्री भण्डारीले बिहान ११ बजे गर्ने
बुधबार, पुस २४, २०८१
उद्योग वाणिज्न्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको बताए । चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनका लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको उनले बताए ।