Mero Chitwan
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, 'रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ', उनले थपे, 'एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।' बर्सातको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा दिने गर्दथे...
रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा
रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा नगरपालिकाद्वारा आफ्नै लगानीमा सञ्चालित प्रयोगशालाहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको हो। जसअनुसार एचआइभी परीक्षण, टाइफाइड, थायराइड, ब्लड सुगर, युरिक एसिड, कोलेस्टेरोल, युरिया, क्रेटिनिन, बिलिरुबिनलगायतका परीक्षण छन् । 
भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी
भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ ।
भरतपुरबाट १९  हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र
भरतपुरबाट १९  हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन् ।  
वीरेन्द्र बहुमुखी क्याम्पसमा दोब्बर बढे विद्यार्थी
वीरेन्द्र बहुमुखी क्याम्पसमा दोब्बर बढे विद्यार्थी त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ ।
रत्ननगरको मुसहर बस्तीमा खानेपानी सुविधा
रत्ननगरको मुसहर बस्तीमा खानेपानी सुविधा चितवनको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीमा निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।
चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप
चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप चितवनका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।
चितवनको धानबालीमा पोटास र जिंकको कमी
चितवनको धानबालीमा पोटास र जिंकको कमी यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए । यसलाई रोक्न सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए । 
सौराहाका हात्तीलाई वनभोज
सौराहाका हात्तीलाई वनभोज चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीहरूलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजाका परिकार बनाइएको थियो ।
भरतपुरलाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा
भरतपुरलाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४मा पूर्ण खोप घोषणा गरिएको थियो । तर, कोभिड–१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन ।
नारायणी नदी तटबन्धनमा बजेट अभाव
नारायणी नदी तटबन्धनमा बजेट अभाव गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको ४० करोडभन्दा बढी काम गरेको भुक्तानी...
Weather Update