Mero Chitwan
रत्ननगरमा जग्गाको नयाँ स्रेस्ता नि:शुल्क

रत्ननगर ।  रत्ननगर नगरपालिकाले जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ता कायम गर्दा शुल्क नलिने भएको छ । 

नगरपालिकाले आज सबै वडाहरुलाई लिखित पत्राचार गरि नयाँ स्रेस्ता कायम गर्दा वडाबासीहरुबाट शुल्क नलिन भनेको मेयर प्रलाद सापकोटाले बताउनुभयो। जेन-जी आन्दोलनकारीले गरेको आगलागीबाट कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालय भरतपुर चितवनले सूचना जारी गरी सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो । 

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयमा आगजनी गरिएको थियो । उक्त कार्यालय अन्तर्गत रहेका सबै कागजात जलेर नष्ट भएका छन् ।

ratnanagar-1759855547.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update