Mero Chitwan
दलित तथा सीमान्तकृत अधिकार रक्षाका लागि रत्ननगर अग्रपंक्तिमा : मेयर सापकोटा
दलित तथा सीमान्तकृत अधिकार रक्षाका लागि रत्ननगर अग्रपंक्तिमा : मेयर सापकोटा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले दलित तथा सीमान्तकृत समुदायको सामाजिक सुरक्षा, स्वास्थ्य र मानवअधिकारका सवालमा रत्ननगर देशभरका ७५३ पालिकामध्ये अग्रपंक्तिमा रहेको बताएका छन् ।
चितवन महोत्सव : मूल आयोजक समितिले गर्‍यो तयारीबारे छलफल 
चितवन महोत्सव : मूल आयोजक समितिले गर्‍यो तयारीबारे छलफल  मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सवमा स्टल निर्माणको काम ९० प्रतिशत बढी सकिएको बताए । अब प्रत्येक प्रदर्शकहरुलाई उनीहरुको स्टल पहिचान गराउने काम थालिने उनले जानकारी दिए । 
पुस २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने
पुस २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने चितवनको सामाजिक, आर्थिक, र सांस्कृतिक प्रवर्द्धनका लागि चितवन महोत्सव २०८१ आगामी पुस २५ देखि माघ १० सम्म नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको छ।
चितवनको जयमंगलामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, ५ घाइते
चितवनको जयमंगलामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, ५ घाइते गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैंडाको आक्रमणबाट सोही नगरको वडा नम्बर १६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापाको मृत्यु भएको हो ।
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा नेपाल कुखुरा व्यवसायी मञ्चले आज चितवनमा गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताए ।
सौराहामा हात्तीलाई खुवाइयो वनभोज
सौराहामा हात्तीलाई खुवाइयो वनभोज चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सव अन्तर्गत शनिबार हात्तीको वनभोज कार्यक्रम गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको थियो।
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेको छ । 
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहीबारदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे। उक्त अवसरमा मन्त्री सिंहले महोत्सवलाई वन्यजन्तुमैत्री बनाउँदै पर्यटन प्रवर्द्धन बनाउनुपर्नेमा जोड दिए । 
चितवनको कालिका नगर अस्पतालमा सेवा विस्तार
चितवनको कालिका नगर अस्पतालमा सेवा विस्तार चितवनको कालिका नगरपालिकाले सञ्चालन गरेको कालिका नगर अस्पतालमा थप सेवा विस्तार भएकोे छ । बाग्मती प्रदेश सरकारको सहयोगमा जनस्वास्थ्य कार्यालय चितवनमार्फत अस्पतालमा प्रयोगशालाका लागि नयाँ उपकरण जडान गरिएसँगै सेवा विस्तार भएको हो । 
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेकोे छ ।
इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेंलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् । 
चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने
चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो । 
Weather Update