
चितवन-पूर्वमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनको पहिलो योजना पशुपति केरुङगा लिफ्ट सिँचाई आयोजनाको उद्घाटन गरेका छन् । भरतपुर २३ नयाँ वस्तीमा यो आयोजना निर्माण भएको हो । सो अवसरमा पाण्डेले कृषिको लागि यो लिफ्ट सिचाई आयोजना कोशेढुङगा सावित हुने बताएका छन् ।
चितवन ३ का सांसद समेत रहेका पाण्डेले किसानको हितको लागि आयोजना निर्माणको पहल र बजेट विनियोजनमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । उद्घाटनपछि उनले आयोजनाले सिचाँई हुने जमिनको स्थलगत अनुगमन पनि गरेका थिए ।
भरतपुर २३ नयाँ वस्तीमा रहेको आयोजनाले अहिले ३० विगाह जमिनमा सिचाँई गर्न सहयोग गरेको छ । “भरतपुर वडा नं. २३ र २४ लाई लक्षित गरी निर्माण गरिएको हो अहिले २३ का किसानले उपभोग गरेका छन , आयोजनाका अध्यक्ष मनोज पुडासैनीले भने 'विस्तारै हामी २४ मा पनि पु¥याउँछौ” । बाह्रै महिना किसानहरुले यस आयोजनाबाट सिचाँई गर्न पाउने पुडासैनीको भनाई छ ।
उनले २०५८ सालमा पुर्वमन्त्री पाण्डेले यस ठाउँमा भूंमिगत जलसिँचाई सुरु गरेको स्मरण गर्दै अहिले लिफ्ट सिँचाइ पनि सुरु गरेर जनतामा थप खुसी बाँडेको बताउनुभयो । वर्षको ३ बालीसम्म खेती भएको अध्यक्ष पुडासैनीले बताए । यसैबीच पुर्वमन्त्री पाण्डेले भरतपुर २३ पशुपतिधाममा सनातन पार्क बनाउने घोषणा समेत गरेका छन् ।