
हरपल मृत्युको छायाँबीच कसरी काम गरिरहेका छन् गाजाका पत्रकार ?
शनिबार, भदौ १४, २०८२
काम गर्नका लागि उनीहरूलाई २४ घण्टा बिजुली र इन्टरनेट चाहिन्छ, तर गाजामा बिजुली काटिएको छ। त्यसैले उनीहरू अस्पताल नजिकै बस्छन्, जहाँ जेनेरेटरमार्फत् फोन र अन्य उपकरण चार्ज गर्न सकिनेमात्र बिजुली पाइन्छ ।

गाउँको फुटबल एकेडेमीले बदलेको बंगलादेशी महिलाको जीवन
शनिबार, भदौ १४, २०८२
करीब १७ करोड ४० लाख जनसंख्या भएको बंगलादेशले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा प्रायः राम्रो प्रदर्शन गर्न सकेको छैन । तर अहिले यो देश महिलाको फुटबलमा चमत्कारजस्तै गर्न थालेको छ । जुलाई महिनामा, सिनियर टिम पहिलो पटक २०२६ एसियाली कपका लागि क्वालिफाइ भयो भने यसै महिनामा, अण्डर–२० टिमले पनि पहिलो पटक महादेशीय...

भारतलाई एक खेल अगावै साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि
शुक्रबार, भदौ १३, २०८२
आजै भएको दिनको पहिलो खेलमा घरेलु टोली भुटान र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि भारतले नेपाललाई पराजित गरेर च्याम्पियन बनेको हो । जारी प्रतियोगितमा नेपालको यो चौथो हार हो । पहिलो लेगमा नेपाल भारतसँग ७-० ले पराजित भएको थियो ।

साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु
बिहीबार, भदौ १२, २०८२
कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा खुटिया खोलामा डुबेर उनीहरूको मृत्यु भएको हो ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
बिहीबार, भदौ १२, २०८२
अविरल वर्षापछि देशका धेरै राजमार्ग र सडकहरुमा यातायात प्रभावित भएका छन् । पहिरोले देशको राजधानी जोड्ने पृथ्वी राजमार्ग ठप्प भएको छ भने वीपी राजमार्ग पनि अवरुद्ध छ ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै
बिहीबार, भदौ १२, २०८२
पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ।

संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा मनाउने सरकारको निर्णय
आइतबार, भदौ ८, २०८२
सरकारले संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा मनाउने भएको छ । दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ।

तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी व्यवस्था
आइतबार, भदौ ८, २०८२
पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिनेलगायतका प्रबन्ध गरेको छ। कोषकाे आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरुबारे जानकारी गराएको छ।
लिपुलेकबारे भारत-चीन सहमति : नेपालले पठायो दुवै देशलाई कूटनीतिक नोट
शनिबार, भदौ ७, २०८२
चौतर्फी दबाब बढेपछि सरकारले सरकारले दुवै देशका कूटनीतिक नियोगमार्फत् कूटनीतिक नोट पठाएको हो । सरकारले दुवै देशसँग सीमा विवाद समाधानका लागि स्थापित संयन्त्रमार्फत् छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई बिरामीको मृत्यु
शनिबार, भदौ ७, २०८२
नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताउनुभयो ।

चितवनमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु
शनिबार, भदौ ७, २०८२
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

लिपुलेकबारे भारत-चीन सहमति : तत्काल दुबै देशलाई कूटनीतिक नोट पठाउन सरकारलाई दबाब
शुक्रबार, भदौ ६, २०८२
नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापारका लागि भारत र चीनबीच भएको सहमतिको विरोध गर्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले दुवै देशलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।