Mero Chitwan
सार्वजनिक सवारी साधनको भाडा बढाउन सरकारको सहमति, कति बढ्ने भयो ?
सार्वजनिक सवारी साधनको भाडा बढाउन सरकारको सहमति, कति बढ्ने भयो ? सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न सहमति दिएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको हो ।
पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो
पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटो प्रचारबाजी भएको जानकारी गराउनुभएको छ ।
बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते
बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो । 
प्रहरी ‘अप्रेसन: १८९ जना पक्राउ
प्रहरी ‘अप्रेसन: १८९ जना पक्राउ काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने एक सय ८९ जनालाई पक्राउ गरेको छ ।
कांग्रेसले सतहत्तर जिल्लामा खटायो प्रतिनिधि
कांग्रेसले सतहत्तर जिल्लामा खटायो प्रतिनिधि नेपाली कांग्रेसले ‘जरा अभियान’ र १५औँ महाधिवेशन कार्य प्रारम्भ गर्नका लागि ७७ जिल्लामा प्रतिनिधि खटाएको छ ।
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते, अवस्था सामान्य
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते, अवस्था सामान्य भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताउनुभएको छ ।
मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने
मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो ।
चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने
चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ । यही चैत २३ देखि २५ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सो सम्मेलन हुने भएको हो ।
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।
दासढुङ्गा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
दासढुङ्गा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो । 
Weather Update