एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनी प्लेअफमा पुग्ने चौथो टिम
शुक्रबार, मंसिर १९, २०८२
मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
शुक्रबार, मंसिर १९, २०८२
यादव मधेश प्रदेशको छैटौं मुख्यमन्त्री बन्नुभएको हो । मधेशमा यसअघि लालबाबु राउत, सरोजकुमार यादव-बारा, सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल र सरोजकुमार यादव-महोत्तरी मुख्यमन्त्री बनिसक्नुभएको छ।
नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७६ प्रतिशत
बिहीबार, मंसिर १८, २०८२
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ ।
अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित
बिहीबार, मंसिर १८, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेको छ ।
प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान
बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित
मंगलबार, मंसिर १६, २०८२
आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्याएको छ ।
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
सोमबार, मंसिर १५, २०८२
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ ।
नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु
सोमबार, मंसिर १५, २०८२
मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरु भएको छ ।
भदौ २३ गते ‘जेनजी’ सहिद दिवस मनाउने सरकारको निर्णय
सोमबार, मंसिर १५, २०८२
जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।
बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा रामनारायण साहको वैदिक परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
चौथो जितसँगै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफ नजिक
आइतबार, मंसिर १४, २०८२
आइतबार भएको गोर्खाजको पाँचौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरको हो। एक सय ५० रनको लक्ष्य पछ्याएको गोर्खाजले १८ ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनाउँदै लक्ष्य पुरा गरेको हो। यो जितले गोर्खाजलाई लिगको दोस्रो स्थानमा पुर्याएको छ।
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
आइतबार, मंसिर १४, २०८२
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभयो । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ ।
बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो
आइतबार, मंसिर १४, २०८२
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो ।


