Mero Chitwan
गल्छीदेखि नौबिसेसम्म असार २६ देखि रातभर यातायात रोकिने
गल्छीदेखि नौबिसेसम्म असार २६ देखि रातभर यातायात रोकिने गणेश खोला, डाखोला, खेस्टे खोला र पोखरे खोलाका पुल निर्माण गरिने भएपछि उक्त खण्डमा यही असार २६ गतेदेखि साउन ९ गतेसम्म राति यातायात बन्द गरिने भएको हो । 
भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान
भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गर्नुभएको हो
बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध
बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो
मुकुल ढकालमाथिको थप कारबाहीबारे छलफल गर्न रास्वपाको बैठक जारी
मुकुल ढकालमाथिको थप कारबाहीबारे छलफल गर्न रास्वपाको बैठक जारी यसअघि बसेको केन्द्रीय समिति बैठकले अनुशासन उल्लंघनको आरोपमा ढकाललाई निलम्बन गरेको थियो । अनुशासन आयोगको सिफारिसका आधारमा थप कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने विषयमा निर्णय लिइने रास्वपाका नेताहरुले बताएका छन्
चितवनमा स्थानीय रोपार पाउनै कठिन
चितवनमा स्थानीय रोपार पाउनै कठिन असार महिना सकिनै लाग्दा यहाँका किसान  रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो
ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने
ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो ।
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ? आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । 
यी हुन् बाढीपहिरोले अवरुद्ध १९ राजमार्ग [पूर्ण विवरणसहित]
यी हुन् बाढीपहिरोले अवरुद्ध १९ राजमार्ग [पूर्ण विवरणसहित] कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् । 
Weather Update