Mero Chitwan
दिल्लीका मुख्यमन्त्री पक्राउ, अब जेलबाटै सरकार चलाउने

काठमाडौं–भारतको नयाँदिल्लीका मु्ख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । 

मदिरा घोटालामा २ घण्टासम्मको बयानपछि केन्द्रीय अनुसन्धान निकाय इडीले उनलाई पक्राउ गरेको हो । पदमा बहाल रहँदै पक्राउ पर्ने उनी पहिलो मुख्यमन्त्री बनेका छन् ।

पक्राउपछि आम आदमी पार्टीले केजरीवालले पदबाट राजीनामा नदिने र जेलबाटै सरकार चलाउने प्रतिक्रिया दिएको छ । भारतीय कानुनले जेलबाटै सरकार चलाउन सकिन्छ कि सकिँदैन भन्नेबारेमा कुनै स्पष्ट व्यवस्था नगरेकाले केजरीवालले जेलबाटै सरकार सञ्चालन गर्न सक्ने बताइएको छ । 

के हो मदिरा घोटाला ?
सन् २०२२ को फेब्रुअरीमा दिल्ली सरकारले लिएको मदिरासम्बन्धी नीतिमा मदिरा कारोबारीलाई फाइदा पुगेको भन्दै उनीहरुमाथि भ्रष्टाचारको आरोप लागेको हो । मदिरा घोटाला प्रकरणमा पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया र राज्यसभा सांसद राजेश सिंह यसअघि नै जेल परिसकेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update