Mero Chitwan
फ्राइडे रिलिज : आजदेखि 'महाजात्रा' प्रदर्शनमा

काठमाडौं– प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र देशभरका ३ सय ४२ वटा हलहरुमा एकैचोटि प्रदर्शनमा आएको हो । 

सार्वजनिक प्रदर्शनमा आउनुअघि सकारात्मक प्रतिक्रया पाएको चलचित्र यसैसाता ४० देशका २५० बढी शहरहरुमा  समेत प्रदर्शनमा आऊँदैछ । 

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको  ‘महाजात्रा’ मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यो फिल्मलाई मल्टिप्लेक्स चेन क्युएफएक्सले आज शुक्रवार तथा भोलि शनिवार देशभरका आफ्ना आउटलेटमा ६७ शो दिएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ५ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ५ शो , सिभिल मलमा ५ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा ७ शो दिएको छ ।

क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगञ्जमा ६ शो, बुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, बिर्तामोडमा ५ शो, विरगञ्जमा २, इटहरीमा ५ शो दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update