Mero Chitwan
दियालो बंगला वैशाख १५ भित्र सर्वसाधारणका लागि खुला हुने, नेपाल ट्रष्टसँग सम्झौता

चितवन : नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको छ ।

शुक्रबार बंगला परिसरमा एक कार्यक्रमका बीच दुई पक्षीय सम्झौता भएको हो ।

भरतपुर भ्रमण वर्षको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बंगलाको अहिले मर्मत सम्भारको काम भइरहेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले वैशाख १५ गतेभित्र बंगला परिसर सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम अगाडि बढेको बताइन् ।

download-(1)-1711099545.jpg

download-1711099413.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update