Mero Chitwan
भरतपुरमा वृहत साइकल र्‍याली, साइकल सिटीको पहिचान फर्काउने दाहालको प्रतिबद्धता

चितवन : साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ का अवसरमा भरतपुरमा साईकल र्‍याली शुरु गर्दे अभियान थालिएको हो ।

प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरेको साइक्लिङ प्रतियोगिताको पूर्वसन्ध्यामा आज चितवनको भरतपुरमा बृहत साइकल र्‍याली गरिएको हो । नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्‍यालीको भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।  सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन्। उनले खेलमार्फत् नयॉ पुस्तालाई साईकलको महत्व बुझाउनु आजको आवश्यकता भएको बताइन् ।

साइक्लिङलाई पर्यटनसंग जोड्दै साईकल खेलको बिकास र युवा खेलाडी उत्पादन गर्न प्रज्ञा प्रतिष्ठानसंगको सहकार्य महानगरका लागि उपयोगी सावित भएको उनको भनाइ छ । 

'साईकल चलाऔं,वातावरण जोगाऔ,स्वस्थ रहौं' भन्ने नारासहित आयोजना गरिएको र्‍याली नारायणी नदी किनारबाट शुरु भई ऑपटारी चोक बिशालचोक,केन्द्य्रिय बस टर्मिनल,हामिकचोक,चौवीसकोठी,शहीदचोक,पुल्चोक हु‘दै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो । साईकल र्‍यालीमा २ सय भन्दा बढी साईकल राईडरहरु सहभागी  थिए । भोलि चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए । 

नेपाल साईक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update