Mero Chitwan
बेलायतकी राजकुमारी केटलाई क्यान्सर लागेको सार्वजनिक

एजेन्सी : बेलायतकी राजकुमारी केट मिडलटनले आफूलाई क्यान्सर लागेको सार्वजनिक गरेकी छन् । बुधबार राति एक भावुक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर लागेको र पहिलो चरणको उपचार सुरु गरिएको सार्वजनिक गरेकी हुन् । 

बकिंघमस्थित विन्स्डर निवासमा रेकर्ड गरिएको भिडियोमा उनले आफ्नो समस्याका बारेमा तीन सन्तानलाई भन्न र चाँडै ठीक हुन्छ भनेर सम्झाउन समय लागेको बताएकी छन् । लण्डनको एउटा क्लिनिकमा  पेटको शल्यक्रिया गराउने क्रममा गत जनवरीमा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो । केन्सिंटन दरबारले केटलाई कस्तो खालको क्यान्सर लागेको हो र कुन स्टेजमा छ भन्नेबारे भने सार्वजनिक गरेको छैन । 

अहिलेका बेलायती राजा चाल्र्स अस्वस्थ भएपछि दैनिक कामकाज केटका पति विलियमले सम्हालेका छन् । उनी चाल्र्सपछि राजा हुने छन् ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update