Mero Chitwan
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली मध्यरातमा काठमाडौं उत्रिए
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली मध्यरातमा काठमाडौं उत्रिए अमेरिकाबाट डिपोर्टमा परेका ३७ जना नेपाली मध्यरातमा काठमाडौँ उत्रिएका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा ३२ पुरुष र ५ महिलालाई नेपाल फर्काइएको हो ।
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उक्त शल्यक्रिया गरेको हो।
तुलसीपुरमा बस दुर्घटना हुँदा ३० जना घाइते
तुलसीपुरमा बस दुर्घटना हुँदा ३० जना घाइते दाङको तुलसीपुर-१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
फुटपाथ कब्जामाथि भरतपुर महानगरको कडाइ, सामान जफत गर्न थालियो
फुटपाथ कब्जामाथि भरतपुर महानगरको कडाइ, सामान जफत गर्न थालियो महानगर प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकाल नेतृत्वको टोलीले नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्मका क्षेत्रमा फुटपाथमा राखिएका सामान जफत गरेको हो । 
राजेन्द्र लिङदेन भन्छन्- बर्खा लागिसक्यो,  अब ठूलो आन्दोलन हुँदैन
राजेन्द्र लिङदेन भन्छन्- बर्खा लागिसक्यो, अब ठूलो आन्दोलन हुँदैन अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दु राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए। जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो। 
अमेरिकामा गोली हानिएको अवस्थामा ४ नेपाली मृत फेला
अमेरिकामा गोली हानिएको अवस्थामा ४ नेपाली मृत फेला अमेरिकाको भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ।
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ४० भन्दा बढी पसल जलेर नष्ट
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ४० भन्दा बढी पसल जलेर नष्ट बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।  आगलागीबाट अहिलेसम्म ४० भन्दा बढी पसल जलेका छन् । 
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन्।  यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन्। केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन्। 
हार्वर्डमा अध्ययन गर्न चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर
हार्वर्डमा अध्ययन गर्न चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर राष्ट्रपतिलाई अमेरिकी हितका लागि हानिकारक हुन सक्ने विदेशीको प्रवेश रोक्न सक्ने अधिकार दिने एउटा संघीय कानुनको प्रावधानलाई प्रयोग गर्दै ट्रम्पले यस्तो आदेश दिनुभएको हो । हार्भर्डसम्बन्धी उक्त आदेशमा आतंकारी संगठनसँग आबद्ध विदेशीको प्रवेश निषेध गर्नेसम्बन्धी कानुनको समेत उल्लेख गरिएको छ ।
घरजग्गा कारोबारमा अब बैङ्क ‘स्टेटमेन्ट’ अनिवार्य
घरजग्गा कारोबारमा अब बैङ्क ‘स्टेटमेन्ट’ अनिवार्य सरकारले घरजग्गा कारोबार गर्दा बैङ्क स्टेटमेन्ट अनिवार्य गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै सम्पत्ति शद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेर घरजग्गा कारोबारमा संलग्न दुवै पक्षको बैङ्क विवरणलाई प्रमाणका रूपमा पेस गर्नुपर्न व्यवस्था गरेको हो । 
माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी
माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
Weather Update