Mero Chitwan
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरूद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको महान्यायधिवक्तास्तरीय निर्णयसँगै कास्की, रूपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालयले लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन् । तर लामिछानेविरूद्धको सहकारी ठगीको मुद्दा भने यथावत् रहनेछ । 

महान्यायधिवक्ताले बुधबार चारवटा जिल्ला अदालतमा विचाराधीन मुद्दाको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गर्नुभएको हो । 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update