प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता
आइतबार, कात्तिक २, २०८२
नर्भिक अस्पतालले बढायो नर्सको तलब
आइतबार, कात्तिक २, २०८२
अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार कायम गरेको छ ।
गुञ्जिन थाले तिहारका गीत
आइतबार, कात्तिक २, २०८२
चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ...
कार्तिक कृष्ण त्रयोदशी : आज काग तिहार मनाइँदै
आइतबार, कात्तिक २, २०८२
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने
शनिबार, कात्तिक १, २०८२
‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।
यमपञ्चक सुरु, घरघरमा यमदीपदान
शनिबार, कात्तिक १, २०८२
कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।
एमाले बैठक : केपी ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित
शुक्रबार, असोज ३१, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आज सम्पन्न दसौँ पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी विशेष प्रस्ताव र समसामयिक २२ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
साउनयता चार गैँडा मरे
शुक्रबार, असोज ३१, २०८२
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारणले मरेका हुन् भने एउटा विद्युतीय करेन्ट लागेर मरेको हो । पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको गैँडा मृत भेटिएसँगै यस वर्ष चार पुगेको हो ।
टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन बन्यो नेपाल
शुक्रबार, असोज ३१, २०८२
शुक्रबार भएको खेलमा सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले जितेको आईसीसीको यो पहिलो प्रमुख उपाधि हो । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा सामोआले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङमा उत्रियो ।
चितवनमा फूल आयात रोक्न माग
बिहीबार, असोज ३०, २०८२
जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो ।
जाडो छल्न हिमालपारिबाट आउन थाले चरा
बिहीबार, असोज ३०, २०८२
जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् ।
एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
बिहीबार, असोज ३०, २०८२
मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
जेन–जी भन्दै कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ
बुधबार, असोज २९, २०८२
अछामको पञ्चदेवल विनायक नगरपालिका-४ घर भएका २६ वर्षीय शाही विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले शाहीलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।


