Mero Chitwan
आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं - नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।

यो सेवा काठमाडौं रिङरोड भित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागू हुने जनाइएको छ। नर्भिकको निःशुल्क  एम्बुलेन्स सेवा माघ १ गतेदेखि सुरु भएको हो । यो सेवा सातै दिन २४ सैँ घण्टा सञ्चालन हुने अस्पतालले जनाएको छ।

नर्भिकले आपतकालीन अवस्थाका बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update