Mero Chitwan
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

आफूहरू नै आधिकारिक भन्दै कांग्रेसका दुबै पक्षले नाराबाजीदेखि निवेदन दिनेसम्मका काम गरिरहेकै बेला निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट बनेको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । 

आयोगको निर्णयसँगै नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्व आधिकारिक भएको छ । अब पार्टी नयाँ कांग्रेस पुस्ताको हातमा पुगेको छ । पार्टीको चुनाव चिन्ह रूख र चारतारे झन्डासहित आधिकारिक कांग्रेस गगन थापा नेतृत्वको बनेको छ ।आयोगले थापा पक्षलाई वैध ठहर्याएपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टीविहीन बनेको छ ।

चुनावका लागि आयोगले अब देउवा पक्षलाई दलको नाम र चुनाव चिन्ह रोज्न समय दिनेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update