Mero Chitwan
नवनियुक्त चार मन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । 

थप चार मन्त्रीहरूलाई समेटेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा साेमबार अपराह्न आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ दिलाउनुभएको हो । 

साेमबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेलले सपथ लिनुभएको हो । सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त हुनुभएको हो । 

यस्तै, महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियार कृषि र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ५ मन्त्रीको नाम सिफारिस गरेकोमा स्वास्थ्यमन्त्रीमा प्रस्तावित संगीता मिश्राको सपथ भने स्थगन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update