Mero Chitwan
आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ? बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
बागमतीमा अर्को ट्वीस्ट : मुख्यमन्त्री लामाले नियुक्त गरे ३ मन्त्री
बागमतीमा अर्को ट्वीस्ट : मुख्यमन्त्री लामाले नियुक्त गरे ३ मन्त्री बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ३ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
नेप्से चार वर्षयताकै उच्च बिन्दुमा
नेप्से चार वर्षयताकै उच्च बिन्दुमा नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बजार लगातार बढ्न थालेसँगै नेप्सेको बजार आकार पहिलोपटक ५० खर्ब रुपैयाँ पुग्दै नयाँ रेकर्डसमेत राखेको छ । मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ बिन्दुमा आएको थियो । नेप्सेले एक वर्षअघिको उच्च बिन्दु पार गरेको हो।
मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर
मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर जबर्जस्ती करणी आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पीडित महिलाले दिएको जाहेरीपछि झालाई प्रहरीले गत साउन ४ गते पक्राउ गरेको थियो । 
सम्पर्कविहीन हायू परिवार कास्कीको गगनगौंडामा भेटिए
सम्पर्कविहीन हायू परिवार कास्कीको गगनगौंडामा भेटिए सम्पर्कविहीन भएको भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका छन् ।  उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ । 
रत्ननगर अस्पतालमा सुरु भयो रेविजविरुद्धको खोप सेवा
रत्ननगर अस्पतालमा सुरु भयो रेविजविरुद्धको खोप सेवा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन ज्ञवाली र जनस्वास्थ्य शाखा प्रमुख नारायण ढुङ्गानालाई भ्याक्सिन हस्तान्तरण गरी उक्त सेवा सुरु गरेका हुन्।
काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा, कहाँ कति भयो वर्षा ?
काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा, कहाँ कति भयो वर्षा ? बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले सोमबार काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा भइरहेको छ । तर मधेशमा भने पर्याप्त वर्षा हुन सकेको छैन ।
सुन्दरीजलमा फसेका ५ तीर्थयात्रीको नेपाली सेनाद्वारा सकुशल उद्धार
सुन्दरीजलमा फसेका ५ तीर्थयात्रीको नेपाली सेनाद्वारा सकुशल उद्धार काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक एकासी खोला बढेपछि फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीलाई नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले सकुशल उद्धार गरेको छ।
बागमतीका मुख्यमन्त्री लामाद्वारा चार मन्त्रीकाे राजीनामा स्वीकृत नगरी बर्खास्त
बागमतीका मुख्यमन्त्री लामाद्वारा चार मन्त्रीकाे राजीनामा स्वीकृत नगरी बर्खास्त मुख्यमन्त्री लामाले संविधानको धारा १ सय ६९ को उपधारा २ को 'ख' बमोजिम चार मन्त्रीलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई गएराति पठाएका हुन् । मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदु कुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री...
Weather Update