विश्व दृष्टि दिवसमा भरतपुर आँखा अस्पतालमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया
बिहीबार, असोज २३, २०८२
जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा
बिहीबार, असोज २३, २०८२
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसर अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस वर्ष केही छिटो जङ्गली हात्तीका समूह निकुञ्ज प्रवेश गरेका हुन् ।
इजरायल र हमासबीच युद्धविराम सहमति, बन्धक रिहाइ सोमबारदेखि
बिहीबार, असोज २३, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्ध विराम सहमति भएको दाबी गरेका छन्। उनले इजिप्टमा भएको वार्ताका क्रममा दुव पक्षले अमरिकाद्वारा प्रस्तुत शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका हुन्। यसअनुसार बन्धकहरु सोमबारदेखि रिहाइ गर्ने तयारी गरिएको छ ।
आइसीसी टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको विजयी सुरुवात
बिहीबार, असोज २३, २०८२
कुशल भुर्तेलको अर्धशतक र उत्कृष्ट बलिङ मद्दतमा नेपालले आइसीसी टि ट्वान्टी विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ । समुहको आफ्नो पहिलो खेलमा नेपालले कुबेतलाइ ५८ रनले पराजित गरेको हो ।
चितवनमा बढी भाडा असुल्नेलाई कारबाही
मंगलबार, असोज २१, २०८२
राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो ।
रत्ननगरमा जग्गाको नयाँ स्रेस्ता नि:शुल्क
मंगलबार, असोज २१, २०८२
नगरपालिकाले आज सबै वडाहरुलाई लिखित पत्राचार गरि नयाँ स्रेस्ता कायम गर्दा वडाबासीहरुबाट शुल्क नलिन भनेको मेयर प्रलाद सापकोटाले बताउनुभयो। जेन-जी आन्दोलनकारीले गरेको आगलागीबाट कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालय भरतपुर चितवनले सूचना जारी गरी सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो ।
केपी ओली र रमेश लेखकविरूद्ध प्रहरीमा जाहेरी
मंगलबार, असोज २१, २०८२
जेन-जी आन्दोलनमा दमनकारी भूमिका निर्वाह गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध सहिद परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।
चितवनमा अझै फर्किएनन् १५६ कैदीबन्दी
मंगलबार, असोज २१, २०८२
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ ।
फागुन २१ को निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि दल दर्ता
सोमबार, असोज २०, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ ।
हैजा र झाडापखालाबाट बँच्न शुद्धीकरण गरेर पानी पिउन आग्रह
सोमबार, असोज २०, २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो
सोमबार, असोज २०, २०८२
निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको उहाँले बताउनुभयो ।
अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्यो उद्धार
आइतबार, असोज १९, २०८२
मोरङ्गको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग
आइतबार, असोज १९, २०८२
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।


