घरजग्गा कारोबारमा अब बैङ्क ‘स्टेटमेन्ट’ अनिवार्य
बिहीबार, जेठ २२, २०८२

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी
बिहीबार, जेठ २२, २०८२
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

भ्रष्टाचार मुद्धा दायर भएसँगै माधवकुमार नेपालको सांसद पद स्वत: निलम्बन
बिहीबार, जेठ २२, २०८२
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहितका प्रतिवादीहरूविरुद्ध जग्गा हिनामिना प्रकरणमा आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आरसीबीको विजय उत्सवमा भागदौड हुँदा १० जनाको मृत्यु
बुधबार, जेठ २१, २०८२
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि जितेपछि भएको रोयल च्यालेन्जर्स बैंगलुरूको विजय परेडमा भागदौड हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार चिन्नास्वामी स्टेडियम बाहिर अत्यधिक भीडका कारण भागदौड भएको भारतीय समाचार संस्था आईएएनएसले जनाएको छ ।

पूर्वसभामुख अग्नि सापकोटामाथि ज्यान मुद्धामा अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
बुधबार, जेठ २१, २०८२
सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दामा अनुसन्धान अघि बढ्ने गरी परमादेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संयुक्त इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय खारेज गरेको हो ।

नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने
बुधबार, जेठ २१, २०८२
के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।

कान्तिलोकपथ आजदेखि चार दिन बन्द
बुधबार, जेठ २१, २०८२
कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बाग्मती गाउँपालिका–२ वगुवास्थित बाग्मती खोलाको पुलको दुवै खण्ड गत असोज ११ र १२ गते वाढीले बगाएको थियो ।

राइड सेयरिङ नियमावली एक महिनाका लागि कार्यान्वयन गर्ने गण्डकी सरकारको निर्णय
मंगलबार, जेठ २०, २०८२
एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताएका छन् । यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन तेस्रोपटक आह्वान गरिने उनले बताए ।

यातायात व्यवसायीको आन्दोलन फिर्ता
मंगलबार, जेठ २०, २०८२
सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका कार्यक्रम सबै स्थगित भएको बताए । उनले थप विवरण बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने पनि बताए ।

रत्ननगर १२ को नीति तथा कार्यक्रम : सार्वजनिक स्थलमा सीसी क्यामेरा तथा फ्री वाईफाई
मंगलबार, जेठ २०, २०८२
वडास्तरीय भेलाको आयोजना गरी सो वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो । चोक–चोकमा सिसी क्यामेरा र सार्वजनिक स्थलमा फ्री वाइफाइसहित ९९ वटा योजना सार्वजनिक गरिएको हो ।