-1758871146.jpeg)
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ । साविकका सञ्चालकहरु नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो । निर्वाचित हुने सञ्चालकहरुमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहनु भएको छ । यसैगरी, लेखा परीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौं साधारणसभा हो ।
नर्भिकले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्न निस्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।